• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्डले रेशम र रञ्जितासँग गरे छुट्टाछुट्टै छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

समाजवादी मोर्चाको कार्यक्रमअघि मंगलबार प्रधानमन्त्रीले आफ्नो कार्यालयमा रन्जिता र रेशमसँग छलफल गरेका हुन् । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित रहेको बताईएको छ । प्रधानमन्त्रीले दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रञ्जितासँग बालकोटमा छलफल गरेका छन् । रेशम पनि ओलीलाई भेट्न तयारीमा रहेका बताइएको छ ।

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा भित्र खटपट बढेको छ ।