२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले हैदराबादसँगको खेल गुमाउन सक्ने



अ+ अ-

एजेन्सी । आईपीएलमा शुक्रबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादसँग खेल्दैछ । दुवै टोली हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुनेछन् ।

चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनी सनराइजर्स हैदराबादसँगको खेल खेल्नेमा शंका उत्पन्न भएको छ ।

महेन्द्र सिंह धोनी दिल्ली क्यापिटल्सविरुद्धको खेलमा मैदानबाहिर जाँदा चोटिल देखिएका थिए । उनी एक खुट्या खोच्चाउँदै हिँडेका थिए ।

दिल्ली क्यापिटल्सविरुद्धको खेलमा महेन्द्र सिंह धोनीले उत्कृष्ट इनिङ्स खेलेका थिए । उनले १६ बलमा अविजित ३७ रन बनाए । उनले आफ्नो इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यदि धोनी सनराइजर्स हैदराबादविरुद्धको प्लेइङ इलेभेनबाट बाहिर भए भने यो डिफेन्डिङ च्याम्पियनका लागि ठूलो झट्का हुनेछ ।




भर्खरै