२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक मान्छन् आफैँलाई दोषी, भन्छन् – मेरो विकेट गएपछि खेल गुम्यो



अ+ अ-

एजेन्सी । सोमबार वानखेडे स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी सिजनमा आईपीएलको को १४ औं खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

जवाफमा राजस्थान रोयल्सले १५.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

मुम्बई इन्डियन्सले अहिलेसम्म आफ्नो जितको खाता खोल्न सकेको छैन । मुम्बईले प्रतियोगितामा राजस्थान रोयल्ससँग पराजित हुँदै लगातार तेस्रो हार बेहोर्न पुग्यो । खेलपछि कप्तान हार्दिक पाण्ड्याले आफ्नो टोलीका गल्ती खुलाएका छन् । हार्दिक पाण्ड्याले आफूलाई खेलको दोषी मानेका छन् ।

के भने हार्दिक पाण्ड्याले ?
हामीले चाहेजस्तो सुरुवात पाउन सकेनौं । यो कठिन खेल थियो । मलाई लाग्छ कि हामी १५० वा १६० रन बनाउन सक्ने अवस्थामा थियौं तर मेरो विकेटले खेल परिवर्तन भयो र विपक्षी टोली हावी भयो । मलाई लाग्छ मैले अझ राम्रो प्रदर्शन गर्न सक्थेँ ।

पिच बलरहरूको लागि राम्रो थियो, जुन राम्रो कुरा हो । यो खेलमा बलरहरू हावी भए । तर यो अपेक्षा गरिएको थिएन । सही काम गर्ने बारे यी सबै कुराहरू थिए । कहिले नतिजा पक्षमा आउँछ भने कहिले आउँदैन । यस्ता कुराले मलाई धेरै अचम्म पार्दैन । तर एक समूहको रूपमा हामी विश्वास गर्छौं कि अगाडि बढ्नको लागि अझ राम्रो चीजहरू छन् र हामी केवल थप अनुशासित हुन आवश्यक छ । हामीले थप प्रोत्साहन देखाउनुपर्छ ।

यो हारले पाँच पटकको आईपीएल च्याम्पियन टोली हाल आईपीएल २०२४ को अंक तालिकामा अन्तिम अर्थात् १० औं स्थानमा छ । हार्दिक पाण्ड्या र मुम्बई इन्डियन्सको थिंक ट्याङ्कले विजयी ट्र्याकमा फर्कन बलियो रणनीति बनाउनुपर्नेछ । मुम्बईले आफ्नो अर्को खेल अप्रिल ७ मा दिल्लीसँग वानखेडे स्टेडियममा खेल्नेछ ।




भर्खरै