• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

आईपीएलमा सबैभन्दा धेरै पटक डकआउट हुने खेलाडी बने रोहित शर्मा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात निकालेको छ । राजस्थानले सोमबार मुम्बई इन्डियन्सलाई वानखेडे स्टेडियममा ६ विकेटले पराजित गरेको हो ।

यस खेलमा यस्ता थुप्रै कीर्तिमानहरु बने । मुम्बईका पूर्व कप्तान रोहित शर्मा पहिलो बलमै आउट भए र प्रतियोगितामा कीर्तिमानी १७ औं पटक शून्य रनमा आउट भए ।

राजस्थानका युजवेन्द्र चहलले कीर्तिमानी २० औं पटक एक इनिङ्समा ३ भन्दा माथि विकेट लिए । रविचन्द्रन अश्विनले आफ्नो २०० औं खेल खेले । मुम्बईले आईपीएलमा आफ्नो २५० औं खेल खेल्यो । अश्विन २०० म्याच खेल्ने दोस्रो बलर बने भने मुम्बई यति धेरै खेल खेल्ने पहिलो टोली बनेको छ ।

मुम्बईका पूर्व कप्तान रोहित शर्माले राजस्थानविरुद्ध खाता पनि खोल्न सकेनन्, उनी पहिलो बलमा ट्रेन्ट बोल्टबाट आउट भएका थिए । योसँगै रोहितले आईपीएलमा १७ पटक शून्यमा आउट हुने कीर्तिमान बनाएका छन् । यस मामिलामा दिनेश कार्तिक पनि उनीसँगै बराबरीमा छन् ।

आईपीएलमा सबैभन्दा धेरै डकआउट हुने खेलाडीहरुः
रोहित शर्मा र दिनेश कार्तिक – १७/१७
ग्लेन म्याक्सवेल, पियुष चावला, मन्दीप सिंह र सुनील नारायण – १५/१५