• ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
  •   Unicode
Logo
Latest
★   मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य ★   भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर ★   दिनेश कार्तिकलाई जिस्काउदै रोहितले भने: विश्वकप अझै बाँकी छ ★   कोटेश्वरका व्यवसायीहरुको भनाई ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’ ★   उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट ★   अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव ★   ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति ★   विसं २०८०: वन मन्त्रालयमा के के काम भए ? ★   व्यवस्था बदलिएपनि कुनै गुणात्मक परिवर्तन हुन सकेन: पूर्वराजा शाह ★   नेपाललाई पहिलो सफलता, दिपेन्द्रले लिए विकेट

आईपीएलमा सबैभन्दा धेरै पटक डकआउट हुने खेलाडी बने रोहित शर्मा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात निकालेको छ । राजस्थानले सोमबार मुम्बई इन्डियन्सलाई वानखेडे स्टेडियममा ६ विकेटले पराजित गरेको हो ।

यस खेलमा यस्ता थुप्रै कीर्तिमानहरु बने । मुम्बईका पूर्व कप्तान रोहित शर्मा पहिलो बलमै आउट भए र प्रतियोगितामा कीर्तिमानी १७ औं पटक शून्य रनमा आउट भए ।

राजस्थानका युजवेन्द्र चहलले कीर्तिमानी २० औं पटक एक इनिङ्समा ३ भन्दा माथि विकेट लिए । रविचन्द्रन अश्विनले आफ्नो २०० औं खेल खेले । मुम्बईले आईपीएलमा आफ्नो २५० औं खेल खेल्यो । अश्विन २०० म्याच खेल्ने दोस्रो बलर बने भने मुम्बई यति धेरै खेल खेल्ने पहिलो टोली बनेको छ ।

मुम्बईका पूर्व कप्तान रोहित शर्माले राजस्थानविरुद्ध खाता पनि खोल्न सकेनन्, उनी पहिलो बलमा ट्रेन्ट बोल्टबाट आउट भएका थिए । योसँगै रोहितले आईपीएलमा १७ पटक शून्यमा आउट हुने कीर्तिमान बनाएका छन् । यस मामिलामा दिनेश कार्तिक पनि उनीसँगै बराबरीमा छन् ।

आईपीएलमा सबैभन्दा धेरै डकआउट हुने खेलाडीहरुः
रोहित शर्मा र दिनेश कार्तिक – १७/१७
ग्लेन म्याक्सवेल, पियुष चावला, मन्दीप सिंह र सुनील नारायण – १५/१५