• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

रमा आलेमगरले लिइन् बागमतीमा विनाविभागीय मन्त्रीको सपथ



काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगरले विनाविभागीय मन्त्रीमा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई हिजो मन्त्री नियुक्त गरेका थिए । मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला प्रदेशसभा सदस्य हुन् । चन्द्रागिरी नगरपालिकाकी उनी काठमाडौं क्षेत्र नम्बर १० (ख) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । ती मन्त्रालयहरुमा एकीकृत समाजवादी र एमालेबीच भागबण्डाको टुंगो लगाउने तयारी छ । एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको थियो ।

जसमध्ये एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया १७ चैतमा आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफैंसँग राखेका छन् ।