१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमा आलेमगरले लिइन् बागमतीमा विनाविभागीय मन्त्रीको सपथ



अ+ अ-

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगरले विनाविभागीय मन्त्रीमा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई हिजो मन्त्री नियुक्त गरेका थिए । मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला प्रदेशसभा सदस्य हुन् । चन्द्रागिरी नगरपालिकाकी उनी काठमाडौं क्षेत्र नम्बर १० (ख) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । ती मन्त्रालयहरुमा एकीकृत समाजवादी र एमालेबीच भागबण्डाको टुंगो लगाउने तयारी छ । एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको थियो ।

जसमध्ये एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया १७ चैतमा आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफैंसँग राखेका छन् ।