२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान
अ अ+ अ-

इलाम । सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा हुनुहुन्छ ।

“अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, आवेदन दिएको थिएँ पालिकाले दियो । अब यसलाई सदुपयोग गरेर खेती विस्तारतिर लाग्छु”, लिम्बू भन्नुहुन्छ । सोमबार सूर्योदय नगरपालिकाले एक सय छजना किसानलाई ‘मल्चिङ’ प्रविधिका लागि प्लास्टिक र एक सय २९ किसानलाई ‘प्लास्टिक टनेल’ वितरण गरेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम ‘एक घर एक करेसाबारी’ नीतिअन्तर्गत ‘किसानसँग समृद्धि अभियान’ नाराका साथ ५० प्रतिशत अनुदानको कार्यक्रम भइरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र आचार्यले बताउनुभएको छ । किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउन प्रविधि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

“चौधवटै वडाबाट प्राप्त अनुदानका आवेदनमा वडाले प्राथमिकता तोकेर पठाएका एक सय २९ जनालाई प्लास्टिक टनेल र एक सय छ जनालाई मल्चिङ प्रविधिका लागि प्लास्टिक वितरण गरेका छौँ, वडाहरूबाट पाँच सयभन्दा बढी किसानका लागि माग भए पनि हाम्रो अहिलेको बजेटले भ्याएअनुसार वितरण गरिएको छ”, संयोजक आचार्यले भन्नुभयो ।

तरकारीमा मोटो रकम बाहिर गइरहेको अवस्थालाई परिवर्तन गरेर यहीँ तरकारी उत्पादनमा किसानलाई प्रोत्साहन गर्न र आर्थिक विकास गर्ने उद्देश्य राखेर किसानलाई प्रविधिमा अनुदानका कार्यक्रम ल्याइएको आर्थिक विकास समितिका संयोजक आचार्यले बताउनुभयो ।

“अकबरे खुर्सानीखेतीलाई प्राथमिकतामा राखेर प्लास्टिक वितरण गरेका हौँ । खुर्सानीखेती मल्चिङ गर्दा जमिनको तापक्रम कायम रहने र झार नपलाउने भएकाले किसानको समय बचत हुन्छ”, उहाँले भन्नुभयो, “सूर्योदयका अधिकांश किसानले अकबरेको व्यावसायिक खेती सुरु गरिसक्नुभएको छ ।”

नगरपालिकाले यहाँका व्यावसायिक किसानलाई ‘मिनीटिलर, काउम्याट, च्यापकटर’लगायत प्रविधि वितरण गरिरहेको छ । तीन सय थान चिया काट्ने हाते मेसिन वितरण धमाधम भइरहेको छ । सूर्योदयको चिया उत्पादनलाई गुणस्तरीय बनाउन पेट्रोल, डिजेलको साटो ब्याट्री र बिजुलीबाट सञ्चालन हुने ‘मेसिन’ किसानलाई वितरण गरिएको उहाँले बताउनुभयो ।

“सूर्योदयका करिब ८० प्रतिशत किसान चियाखेतीमा आबद्ध भए पनि चिया टिपाइमा सुधार हुन नसक्दा अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाले प्रतिस्पर्धा गर्न सकेको छैन । गुणस्तर वृद्धिका लागि किसानलाई अनुदानमा मेसिन दिइएको हो”, संयोजक आचार्यले भन्नुभयो । रासस