• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रचण्ड-नेपालले भने- बैतडीको घटना निर्मला पन्तको जस्तो नहोस्



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ। 

शनिबार विज्ञप्ति जारी गर्दै दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भट्टको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

नेकपाका दुबै अध्यक्ष प्रचण्ड र नेपालले विगतमा निर्मला पन्तको अनुसन्धानजस्तै यो घटनामा गैरजिम्मेवार नबन्न विज्ञप्तिमा अनुरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ 'डेढ बर्षअघी निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित गरेको छ ।'

विज्ञप्तिमा भट्टमाथि भएको पासविक र अमानवीय घटनाको भर्त्सना गरिएको छ।