२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

राजीनामा दिने गण्डकीका मुख्यमन्त्रीको तयारी !

राजीनामा दिने गण्डकीका मुख्यमन्त्रीको तयारी !
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने तयारी गरेका छन् । दुई दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका पाण्डेले आवश्यक संख्यामा समर्थन जुटाउन नसक्ने देखिएपछि राजीनाको मनस्थिति बनाएका हुन् ।

पाण्डेलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन दुई दिनअगाडि नै सूचना संसद सचिवलाई दिनुपर्छ । तर मुख्यमन्त्री पाण्डेले अहिलेसम्म कुनै सूचना दिएका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिने हो भने आज २ बजेभित्र सूचना पठाइसक्नुपर्ने छ ।

मुख्यमन्त्री पाण्डेले अहिलेसम्म विश्वासको मत लिने बारे संसद् सचिवालयलाई जानकारी नदिएकाले उनले राजीनामाको मनस्थिति बनाएको बुझ्न सकिने एक नेताले बताए ।

मुख्यमन्त्री पाण्डेले बहुमत जुटाउन ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । राप्रपाले साथ नदिएको अवस्थामा उनले त्यति जुटाउन सक्ने छैनन् । त्यसैले आज अन्तिम पटक राप्रपाका प्रदेशसभा सदस्यहरुसँग कुरा गरेर फकाउने प्रयासको तयारी उनको छ । दुई प्रदेश सभा सदस्य भएको राप्रपाले तटस्थ बस्ने रणनीति कायमै राखेमा राजीनामा दिएर ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने बाटोमा जाने सोच उनले लगाएका छन् ।

तर, राजीनामा दिएर नयाँ सरकारको बाटो खोल्दा राप्रपाले साथ दिइहाल्यो भने एमाले–माओवादीको सरकार बन्न सक्ने डर पनि उत्तिकै छ । किनकी एमाले नेताहरुले राप्रपाले आफूलाई सहयोग गर्ने वचन दिएको दाबी गरेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राप्रपाको हस्ताक्षरसहित दाबी पेश गर्ने एमाले संसदीय दलका नेता खगराज अधिकारीको दाबी छ ।
गण्डकीमा निर्णायक देखिएको राप्रपाले २७ गतेको आन्दोलन अघि कुनै पनि सरकारलाई समर्थन नदिने अध्यक्ष राजेन्द्र लिङ्देनले नै बताइरहेका छन् ।

यता एमाले र माओवादीका नेताहरुले राप्रपा मात्र होइन, एकीकृत समाजवादी छाडेर पाण्डे सरकारमा मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) फकाइरहेका छन् । संसद सचिवालयमा स्वतन्त्र हैसियत माग्दै निवेदन दिएका मनाङेलाई एकीकृत समाजवादीले पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तर, उनको विषयमा के निर्णय हुन्छ अन्योल कायमै रहेका बेला मनाङेलाई गठबन्धनमै फर्काउन एमाले र माओवादी दुबै पार्टीका नेताहरुले लागेका हुन् । काठमाडौंमा रहेका मनाङेसँग एमालेका शीर्ष नेताहरुले समेत छलफल गरेका छन् ।