६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मागे विश्वासको मत



अ+ अ-

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत मागेका हुन् ।

उनले १४ महिनामा आफ्नो नेतृत्वको सरकारले नीतिगत काम धेरै गरेको दाबि गरे । उनले प्रदेश र प्रदेश सरकारको स्थायित्व र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत देखिन्छ । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदैछन् ।

बागमतीमा एमाले (२७), माओवादी केन्द्र (२१) र एकीकृत समाजवादी (७) गरि गठबन्धनका ५५ र हाम्रो नेपाली पार्टी का एक सांसद रहेका छन् ।