२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने–हेर्ने साथीहरू साक्षी छन् – रेशम चौधरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै संरक्षक चौधरीले आफूबाट ज्यान मार्ने धम्की दिएको भन्ने निराधार रहेको समेत प्रतिक्रिया दिएका छन् ।

विश्वकर्माले आफूहरुको हत्या गर्नेसम्मको धम्की चौधरीबाट आएको आरोप लगाएका थिए । यस्तै चौधरीले चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार हुने उनले दाबी गरे ।

चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् – पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ । अनावश्यक हो–हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।