• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

वार्नरले गरे क्रिस गेलको कीर्तिमानी बराबरी



एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर टी–२० क्रिकेटमा सर्वाधिक ५० माथि स्कोर गर्ने खेलाडी बनेका छन् । यो मामिलामा उनले वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान क्रिस गेलको कीर्तिमान बराबरी गरेका छन् ।

वार्नर र गेल दुबैले टी–२० मा ५० रन भन्दा माथि ११०–११० पटक रन बनाएका छन् । जबकि, विराट कोहलीले १०१ पटक यस्तो गर्दै दोस्रो स्थानमा छन् । बाबर आजमले ९८ पटक ५० रनमाथि रन बनाउँदै तेस्रो स्थानमा छन् ।

आईतबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गर्यो । यो क्रममा वार्नरले आफ्नो आईपीएल करियरको ६२ औं अर्धशतक बनाए । उनी ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ५२ रन बनाएर आउट भए ।