२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

आईपीएलः पहिलो जितको खोजीमा रहेको मुम्बईलाई रोक्ने दाउमा राजस्थान

आईपीएलः पहिलो जितको खोजीमा रहेको मुम्बईलाई रोक्ने दाउमा राजस्थान
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सोमबार मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) ले प्रतिस्पर्धा गर्दैछन् । यी दुईबीचको खेल साँझ ७ः४५ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ ।

पाँच पटकको विजेता मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ ।

हेड टु हेडको कुरा गर्दा आईपीएलमा यी दुई टोलीबीच २८ खेल भएका छन् । मुम्बईले १५ र राजस्थानले १२ खेलमा जित निकालेको छ । एक खेल अनिर्णित रह्यो । दुई टोलीबीचको अन्तिम खेल गत वर्ष मुम्बईमा भएको थियो । जसमा मुम्बई ६ विकेटले विजयी भएको थियो ।

दुई टोलीबीच वानखेडे रंगशालामा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ । पहिलो दुई खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सको ब्याटिङ र बलिङ दुवै असफल भइरहेको छ । यो सिजन टिमका लागि तिलक वर्माले सर्वाधिक रन बनाए । उनले २ खेलमा ८९ रन बनाएका छन् । बलिङमा जसप्रित बुमराहले टिममा सर्वाधिक (३ विकेट) लिएका छन् ।

अर्कोतर्फ सुरुका दुई खेलमा राजस्थान रोयल्सका लागि टीम सन्तुलित रह्यो । ब्याट्सम्यानदेखि बलरसम्म सबैजना फर्ममा देखिन्छन् । यो सिजनमा आरआरका युवा शीर्ष क्रमका ब्याट्सम्यान रियान परागले टिमका लागि सर्वाधिक १२७ रन बनाएका थिए । जबकि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक (३ विकेट) लिएका छन् ।

वानखेडेको पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित भइरहेको छ । उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन् । विशेष गरी नयाँ बलमा बलिङ गर्दा यहाँका बलरहरूले राम्रो स्विङ र बाउन्स पाउँछन् । हालसम्म यहाँ १०९ आईपीएल खेलहरू खेलिएका छन् । पहिले ब्याटिङ गरेको टोलीले ५० खेलमा र लक्ष्य पछ्याएको टोलीले ५९ खेलमा जित निकालेको छ ।

सोमबार मुम्बईमा मौसम राम्रो रहनेछ । पानी पर्ने कुनै सम्भावना छैन । तापक्रम २४ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहने बताइएको छ ।