४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वरुप राज आचार्य र अञ्जु पन्त दिल रोएको वेला भिडियो सार्वजनिक

स्वरुप राज आचार्य र अञ्जु पन्त दिल रोएको वेला  भिडियो सार्वजनिक
अ+ अ-

काठमाडौं । निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा शिल्पा पोखरेल र अनुपजंग थापाको  अभिनय रहेको भिडियो सार्वजनिक भएको छ ।

संगीतकार लक्ष्मण पोखरेलको संगीतमा निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत प्रसिद्ध गायक गायिका स्वरुपराज आचार्य र अन्जु पन्तको स्वरमा नारायण रेग्मीको शव्द रहेको उक्त गीतमा शिल्पा  र अनुपजंगको अभिनय रहेको छ ।

चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोलाई अविदित फाउन्डेशनले प्रस्तुत गरेका छ। ओएसआर डिजिटल वाट सार्वजनिक भएको गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ र मास्टरिङ्ग रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन, राहुल बराइली कोरियोग्राफर, विनोद वम को सम्पादन र कलर ,सरगम गाहाको मेकअप रहेको छ ।

लामो समयदेखि जर्मनी वसेर नेपाली गीत संगीत क्षेत्रमा केही गर्ने उद्देश्यका साथ गीत संगीतमा लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशा लाग्दो अनुहार हो ।मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेशन मार्फत उनले नेपाली गीत संगीतको साथ साथै सामाजिक कार्यमा पनि उत्तिकै कार्यहरु गरिएका छन् ।गीत संगीत वाट आएको आम्दानी लाई उनले उक्त फाउन्डेशन मार्फत सामाजिक कार्यमा काम गर्दै आएका छन् ।

दिल रोएको वेला गीत वाट आएको आम्दानी लाई पनि अनुपजंग ले सामाजिक कार्यमा काम गर्ने वताएका छन् । लामो समय पछी एउटा मिठो गीत दर्शक श्रोता माझ ल्याउन पाएकोमा गायक स्वरुपराज आचार्य , गायिका अन्जु पन्त, संगीतकार लक्ष्मण पोखरेल गीतकार नारायण रेग्मी खुशी देखिएका छन् ।

साउथ ईन्डियन लुक्स भएका अनुपसंग काम गर्ने पाउदा खुशी लागेको निर्देशक कृष्णदेव रुपाखेती ले वताए ।नायिका शिल्पा पोखरेल पनि निकै मिठो गीतमा काम गर्न पाउदा खुशी छिन ।लामो समयको अन्तराल पछि नेपाली गीत संगीतले एउटा निकैनै मिठो गीत पाएको मा गायक स्वरुपराज र गायिका अन्जु पन्त पनि दंग छन।गीत लाई दर्शक श्रोताहरु ले मन पराउनेमा संगीतकार पोखरेल गीतकार रेग्मी विश्वस्त छन् ।