१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

कोशी प्रदेशको गौरवको आयोजना सम्पन्नउन्मुख

कोशी प्रदेशको गौरवको आयोजना सम्पन्नउन्मुख
अ अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारको गौरवको आयोजना घिनाघाट–विराटचोक चार लेन सडकको बाँकी काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण शुरु भएर चार वर्षसम्म म्याद मात्रै थपिरहेको सो सडकको काम अन्तिम चरणमा सम्पन्न पुगेको हो । पटकपटक म्याद थप गर्दा पनि काम अघि बढ्न नसकेको आयोजना पछिल्लो आठ महिनादेखि अलपत्र अवस्थामा रहेको थियो । घिनाघाट–विराटचोक २२.१९ किलोमिटरको सडक आयोजनाको बाँकी काम शुरु हुन लागेसँगै स्थानीयहरु काम सम्पन्न हुने आशमा रहेका छन् । कोशी प्रदेश सरकारले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमार्फत एक पटकका लागि म्याद थप गर्नसक्ने व्यवस्था गरेपछि घिनाघाट–विराटचोक सडकखण्डको बाँकी काम चाँडै सम्पन्न हुने निश्चित भएको हो ।

यस अघिको सार्वजनिक खरिद नियमावलीमा म्याद सकिनुभन्दा २१ दिनअघि नै म्याद थपको निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो । तर अन्तिम चरणमा रहेका आयोजनाहरू सम्पन्न गराउन सरकारले नियमावलीको उक्त मौजुदा व्यवस्था संशोधन गरेपछि अलपत्र अवस्थामा रहेको घिनाघाट–विराटचोक चारलेन सडक आयोजना अबको एक वर्षभित्रैै सम्पन्न हुने पूर्वाधार विकास कार्यालय, मोरङका प्रमुख सुशील श्रेष्ठले बताउनु भयो । उहाँले कोभिड १९ का कारण र विभिन्न कारणले भएको मूल्य वृद्धिले पनि केही ढिलाइ भएको बताउनु भयो । अहिले १३ औं संशोधनमार्फत असार मसान्तसम्म म्याद थप गरेर काम पूरा गराउने पक्षमा लागेको बतउनु भयो ।

घिनाघाट–विराटचोक सडक तीन प्याकेजमा विभाजन गरी २०७६ सालदेखि बनाउन शुरु गरिएको थियो । सडकको विराट चोकदेखि नेता चोकसम्मको पहिलो प्याकेज र नेता चोकदेखि मिलन चोकसम्मको दोस्रो प्याकेज निर्माणको ठेक्का श्रेष्ठ–रमन–एपेक्स जेभीले पाएको थियो । २०७६ असार २९ गतेको सम्झौता बमोजिम दुवै प्याकेजको निर्माण कार्य २०७८ असार २८ गतेभित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म दोस्रो प्याजकेजअन्तर्गतको नेता चोकदेखि मिलन चोकसम्मको १० किलोमिटर सडक निर्माणको काम सकिए पनि पहिलो प्याकेजको भौतिक प्रगति पनि ८८ प्रतिशतभन्दा उँभो बढ्न सकेको छैन । तथापि आगामी वर्षको असार मसान्तभित्रै बाँकी निर्माण कार्य सम्पन्न भइसक्ने ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ दाहालले बताउनु भयो । कोरोना लगायतका कारणले पनि समस्या आएको बताउनु भयो । आफूहरुको पनि कमजोरी रहेको बताउँदै असारसम्ममा काम पूरा हुने बताउनु भयो ।

घिनाघाट–विराटचोक सडकअन्तर्गत मिलनचोकदेखि पुष्पलाल चोकसम्मको तेस्रो प्याकेजअन्तर्गत सिंघिया खोलाको पुलको काम भइरहेको छ । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सडक महाशाखा प्रमुख रमेश श्रेष्ठले निर्माणको ठेक्का पाएको लामा–बानियाँ जेभीले पहिलोपटकको थप म्यादमा काम सम्पन्न गर्न नसकेपछि अहिले दोस्रोपटक म्याद थपको तयारी भइरहेको बताउनु भयो । दोस्रोपटक थपिएको म्यादमा पनि ठेक्का सम्पन्न नगरे उक्त निर्माण कम्पनीलाई कालोसूचीमा समावेश गर्ने चेतावनी दिनुभयो ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ भदौ २३ गते शिलान्यास गरेको विराटचोक–घिनाघाट सडकलाई विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पका रूपमा हेरिएको छ । तर कछुवा गतिमा भएको सडक निर्माणको कामले अझै पनि पूर्णता नपाउँदा यो बाटो प्रयोग गर्नेहरूले सास्ती भोग्नु परिरहेको छ ।