• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

दिल्लीले चेन्नईलाई २० रनले हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा दिल्ली क्यापिटल्स (डीसी)ले पहिलो जित हासिल गरेको छ ।

टोलीले चालू सिजनको १३औं खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई २० रनले पराजित गरेको हो । आइतबार विशाखापट्टनममा भएको दोस्रो खेलमा दिल्लीले २० ओभरमा १९१ रन बनाएको थियो ।

१९२ रनको लक्ष्यको सामना गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि अजिंक्य रहाणेले ३० बलमा ४५ रन बनाए भने एमएस धोनीले १६ बलमा ३७ रनको अविजित इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । दिल्लीका मुकेश कुमारले ३ विकेट लिए । खलील अहमदले पनि दुईवटा सफलता हात पारे ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ३२ बलमा ५१ रनको इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । डेभिड वार्नर (५२ रन)ले आफ्नो आईपीएल करियरको ६२औँ अर्धशतक बनाए । पृथ्वी शाले २७ बलमा ४३ रन बनाए । चेन्नईका मथिशा पथिरानाले ३ विकेट लिए ।