२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०।८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।

परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको देखिन्छ। यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ। ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ।

पछिल्लो चौबिस घण्टामा परीक्षण भएका १९ हजार ८ सय ६९ वटा नमुनामध्ये ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन संक्रमित संख्या ८ हजार १७ थियो।

शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माघको तेस्रो सातासम्म संक्रमणदर दैनिक २० हजारसम्म पुग्न सक्ने र त्यसपछि ओरालो लाग्ने प्रक्षेपण गरेको थियो।

केहीले संक्रमित भएर पनि परीक्षण नगराएको र केही संक्रमित घरमै बसेकाले तथ्यांकमा समावेश हुन नसकेको देखिन्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।