१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

काँग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछ: देउवा

काँग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछ: देउवा
file photo
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मंगलादेशी सिंह फाउण्डेशनले आईतवार काठमाडौंमा आयोेजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो ।

सभापति देउवाले काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउनका लागि महिला दिदिबहिनीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गर्नु भयो । उहाँले पार्टीमा आवद्ध महिलाहरुलाई अझ बढि सशक्तिकरण गर्दै नेपाली काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने उहाँको भनाई थियो । सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेल्नुभएको भुमिका महत्वपूर्ण रहेको समेत उल्लेख गर्नुभयो । उहाँले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पनि पार्टीको विधानमा नेपालको संविधान अनुसारनै समावेशी व्यवस्था गरेका छौं । यस मानेमा हाम्रो पार्टी पूर्ण रुपमा समावेशी छ । नेपालको संविधान अनुसार समावेशी छ । तर यस्तो काम गरेको, यसको लागि लडेको पार्टीमा आपसी एकताको कमीहोस, जे सुकैको कमीले होस् । यद्यपि हाम्रो पार्टी ठूलो बनेको छ । अहिलेको हिसावले सबैभन्दा ठूलो पार्टी छ हाम्रो पार्टी । अहिलेको संविधान अनुसार हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ । तर बहुमत प्राप्त गरेको छैन ।’

‘बहुमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा । अहिलको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसावले बहुमत आउन गाह्रो छ । तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ । त्यसका लागि महिलाहरुको धेरै ठूलो योगदान हुन्छ । महिलाहरुको योगदान नभईकन हाम्रो पार्टी सुदृढ हुन सक्दैन । त्यसैले आजको भेलामा महिला सशक्तिकरणको कार्यक्रम छ । यसलाई अझ बढी सशक्तिकरण गर्दै हाम्रो पार्टीलाई सच्चा मानेमा महिलाहरुलाई अगाडि ल्याएर हामी नेपालको ठूलो पार्टी मात्र होइन, बहुमत प्राप्त गर्न सक्ने पार्टीको रुपमा स्थापित गर्न सकियोस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यसका लागि हामी सबै लागेर कामहरु गरौं ।’

सभापति देउवाले नेपाली काँग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर गर्नुभयो ।