२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

को हुन् मयंक यादव ? जसले १५५.८ किमी प्रति घण्टाको गतिमा बल फ्याँके

को हुन् मयंक यादव ? जसले १५५.८ किमी प्रति घण्टाको गतिमा बल फ्याँके
अ अ+ अ-

एजेन्सी । लखनऊ सुपर जायन्ट्सका डेब्युट फास्ट बलर मयंक यादवले मार्च ३० मा आईपीएल २०२४ को सबैभन्दा द्रुत बल गर्ने कीर्तिमान बनाएका छन् । दिल्लीका २१ वर्षीय युवा खेलाडीले लखनउको एकना स्टेडियममा खेल्दै गर्दा पञ्जाबका ब्याट्सम्यानलाई आफ्नो तिब्र गतिका कारण समस्यामा पारे ।

मयङ्कले पञ्जाबविरुद्धको आफ्नो दोस्रो ओभरमा १५५.८ किलोमिटर प्रतिघण्टाको गतिमा बल फ्याँके, जुन यस सिजनको सबैभन्दा फास्ट बल थियो र राजस्थानका नान्द्रे बर्गरलाई पछि पारे ।

मयंक यादवले आफ्नो डेब्यु खेलमा तीन ब्याट्सम्यानलाई आउट गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका समेत खेलेका थिए ।

टोलीलाई सबैभन्दा बढी विकेट चाहिएको बेला मयांकले जोनी बेयरस्टोलाई पहिलो विकेटका रूपमा आउट गरे । त्यसपछि उनले प्रभासिमरनलाई आउट गर्दै खेलमा रोमाञ्चकता सिर्जना गरेका थिए । तेस्रो विकेटको रुपमा जितेश शर्माको विकेट लिए । मयङ्कले १४७ किमी प्रतिघण्टा डेलिभरीको साथ सुरु गरे र त्यहाँबाट अघि बढे ।

सन् २०२२ को आइपिएलमा लखनउले युवा क्रिकेटर मयंक यादवलाई किनेको थियो । १७ जुन २००२ मा जन्मेका मयंकलाई फास्ट बलरको रुपमा चिनिन्छ । मयङ्क १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्षम छन् ।

गत वर्ष भएको यू–२३ कर्नल सिके नायडू प्रतियोगितामा मयङ्कले दमदार प्रदर्शन गरेका थिए । मयङ्कले मात्र ६ खेलमा १५ विकेट लिएका थिए । जसमा उनले छत्तीसगढविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यसबाहेक उनले ब्याटिङबाट ६६ रनको योगदान पनि दिए ।

यस्तो छ घरेलु क्रिकेट
मयंकले सैयद मुश्ताक अली ट्रफी २०२३–२४ मा पनि प्रभावकारी प्रदर्शन गरेका थिए । मयङ्कले प्रतियोगिताको चार खेलमा पाँच विकेट लिएका थिए । यस बाहेक उनले विजय हजारे ट्रफीमा ५ खेलमा ६ विकेट लिएका थिए । २०२३ को देवधर ट्रफीमा नर्थ जोनबाट खेल्दा मयङ्कले ५ खेलमा १२ विकेट लिएका थिए ।

मयंक यादवको करियरको बारेमा कुरा गर्दा, उनले दिल्लीका लागि घरेलु क्रिकेट खेल्छन् र अहिलेसम्म एक मात्र प्रथम श्रेणी खेल खेलेका छन् । मयङ्कले १७ लिस्ट–ए र १० टी–२० खेल खेलेका छन् । लिस्ट ए मा मयंकको नाममा ३४ विकेट छ भने उनको इकोनोमी ५.३५ छ । टी–२० मा, मयंकले ६.४४ को उत्कृष्ट इकोनोमीका साथ १२ विकेट लिएका छन् ।