२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारलाई कैदी सुधार गृहमा रुपान्तरण गरौँ: सांसद झा



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकि सांसद रञ्जु कुमारी झाले कारागारलाई कैदी सुधार गृहमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले कारागारलाई कैदी सुधार गृहको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको हो । उहाँले कैदीलाई कारागारमा राखेर अपराधी बनाउनु नहुने बताउनु भयो । उहाँले काराकारलाई सुधार गृहको रुपमा व्यवस्था गर्न कानुन बनाउनुपर्ने बताउनु भयो । उहाँले जर्बजस्ती करणीको कानूनलाई संशोधन गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब बाल सुधार गृह कैदी सुधार गृह बनोस् । अब कैदीलाई कारागारमा राखेर बन्दी बनाएर अपराधी नबनाओस् । अब त्यहाँ सुधार गर्ने व्यवस्था गरौँ । त्यस्तो कानून बनाऔँ । अबको दिनमा त्यस्ता सुधार गृह बनाएर त्यहाँका जनशक्तिलाई कसरी शिक्षा, रोजगारमा जोडेर देशलाई उत्पादनमा जोडेर देशको आर्थिक उत्पादनमा जोड्न सकिन्छ । बसैभन्दा बढी त्यहाँ जर्बजस्ती करणीका मुद्दा देखेँ । त्यतातिर पनि म कानूनमा संशोधनको आवश्कता देखिराखेको छु । म नेपाल सरकारको शिक्षा, कानुन, गृह लगायत तिनवटै मन्त्रालय लगायत उद्योग मन्त्रालयलाई आग्रह गर्छु । कैदी सुधारगृह बनोस् । बाल सुधार गृहमा १८ वर्षमुनिका बालबालिका बसोस् । त्योभन्दा माथिको नबसोस् ।’

उहाँले बाल सुधार गृहमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई मात्रै राख्नुपर्ने बताउनु भयो ।