२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भारतीय ट्रकमाथि तत्काल निगरानी राख्नुपर्छ: एमाले सांसद पन्त



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नेपालको ट्रक उद्योगनै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रुपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । अविलम्व भारत सरकारसँग कुरा गरेर सरकारले नेपालको ट्रक व्यवसायीहरुको हितको लागि पनि भारतीय ट्रकलाई निर्वाध रुपमा प्रवेश गर्न दिने कुरा रोक्नुपर्ने सांसद पन्तको भनाई थियो । उहाँले नेपालको ट्रक भारतमा निर्वाध रुपमा संचालन गर्न नपाउने तर भारतीय ट्रकले नेपालमा ७२ घण्टासम्म रहने पाउने व्यवस्था कुनैपनि हिसावले राष्ट्रको हितमा नभएको जिकिर गर्नुभयो । भारतीय ट्रकको नेपालमा खुला प्रवेशले नेपालका ट्रक व्यवसायीहरु मारमा परेको र उनीहरुको रोजगारी समेत खोसिएकोप्रति सरकार गम्भिर नभएको सांसद पन्तको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको ढुवानी क्षेत्र अपm्ठयारोमा परेको छ । र यो खतरामा पर्नुमा मुल कुरा भारतीय ट्रकमाथि हामीले नियमन गर्न नसक्दाको हो । जसरी भारतीय ट्रकले नेपालमा छुट पाएको छ । त्यस्तै छुट भारतमा पनि हामीले पाउनुपर्‍यो । हाम्रा ट्रकहरु पनि भारतमा निर्वाध रुपमा गएर समान ल्याउन र लैजान पनि पाउनुपर्‍यो । यदि त्यो अधिकार नेपाली यातयात व्यवसायीहरुले पाउँदैनन भने, हाम्रा ट्रक व्यवसायीहरुले पाउँदैनन भने भारतीय ट्रकलाई मात्रै नेपाली बजारमा छुट दिनुपर्ने कारण के ? सरकारले यसको जवाफ दिनुपर्छ ।’

‘र यसलाई रोक्नु पर्छ । नेपालको ढुवानी उद्योगलाई जर्गेना गर्नु पर्छ । यो आज मात्र आएको समस्या होइन । यस अघि पटकपटक बनेका सरकारले ध्यान दिएन । तर अव यो समस्या एकदम जटिल भइसक्यो । यसले राष्ट्रिय उद्योगमा नै समस्या खडा गर्ने अवस्था आइसक्यो । त्यसकारण अविलम्व नेपाल सरकारले यो विषयमा ध्यान दिएर सम्बन्धित मन्त्रालयले भारतीय अधिकारीहरुसँग वार्ता गर्नुपर्छ भनेर गरेर भारत भित्र भारतीय ट्रकले र नेपालमा आएपछि नेपाली ट्रकले त्यो समान ओसार्ने व्यवस्था गर्नुपर्छ । नेपालको ढुवानी व्यवसायको जर्गेना गर्ने काममा सरकारले ध्यान देओस् ।’

सांसद पन्तले नेपालको ढुवानी उद्योगको जगेर्ना गर्न पनि सरकारले भारतीय ट्रकमाथि नियमन गर्नुपर्ने आवश्यकता —औंल्याउनु भयो ।