१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

सरकारले भारतीय ट्रकमाथि तत्काल निगरानी राख्नुपर्छ: एमाले सांसद पन्त

सरकारले भारतीय ट्रकमाथि तत्काल निगरानी राख्नुपर्छ: एमाले सांसद पन्त
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नेपालको ट्रक उद्योगनै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रुपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । अविलम्व भारत सरकारसँग कुरा गरेर सरकारले नेपालको ट्रक व्यवसायीहरुको हितको लागि पनि भारतीय ट्रकलाई निर्वाध रुपमा प्रवेश गर्न दिने कुरा रोक्नुपर्ने सांसद पन्तको भनाई थियो । उहाँले नेपालको ट्रक भारतमा निर्वाध रुपमा संचालन गर्न नपाउने तर भारतीय ट्रकले नेपालमा ७२ घण्टासम्म रहने पाउने व्यवस्था कुनैपनि हिसावले राष्ट्रको हितमा नभएको जिकिर गर्नुभयो । भारतीय ट्रकको नेपालमा खुला प्रवेशले नेपालका ट्रक व्यवसायीहरु मारमा परेको र उनीहरुको रोजगारी समेत खोसिएकोप्रति सरकार गम्भिर नभएको सांसद पन्तको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको ढुवानी क्षेत्र अपm्ठयारोमा परेको छ । र यो खतरामा पर्नुमा मुल कुरा भारतीय ट्रकमाथि हामीले नियमन गर्न नसक्दाको हो । जसरी भारतीय ट्रकले नेपालमा छुट पाएको छ । त्यस्तै छुट भारतमा पनि हामीले पाउनुपर्‍यो । हाम्रा ट्रकहरु पनि भारतमा निर्वाध रुपमा गएर समान ल्याउन र लैजान पनि पाउनुपर्‍यो । यदि त्यो अधिकार नेपाली यातयात व्यवसायीहरुले पाउँदैनन भने, हाम्रा ट्रक व्यवसायीहरुले पाउँदैनन भने भारतीय ट्रकलाई मात्रै नेपाली बजारमा छुट दिनुपर्ने कारण के ? सरकारले यसको जवाफ दिनुपर्छ ।’

‘र यसलाई रोक्नु पर्छ । नेपालको ढुवानी उद्योगलाई जर्गेना गर्नु पर्छ । यो आज मात्र आएको समस्या होइन । यस अघि पटकपटक बनेका सरकारले ध्यान दिएन । तर अव यो समस्या एकदम जटिल भइसक्यो । यसले राष्ट्रिय उद्योगमा नै समस्या खडा गर्ने अवस्था आइसक्यो । त्यसकारण अविलम्व नेपाल सरकारले यो विषयमा ध्यान दिएर सम्बन्धित मन्त्रालयले भारतीय अधिकारीहरुसँग वार्ता गर्नुपर्छ भनेर गरेर भारत भित्र भारतीय ट्रकले र नेपालमा आएपछि नेपाली ट्रकले त्यो समान ओसार्ने व्यवस्था गर्नुपर्छ । नेपालको ढुवानी व्यवसायको जर्गेना गर्ने काममा सरकारले ध्यान देओस् ।’

सांसद पन्तले नेपालको ढुवानी उद्योगको जगेर्ना गर्न पनि सरकारले भारतीय ट्रकमाथि नियमन गर्नुपर्ने आवश्यकता —औंल्याउनु भयो ।