१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज
अ अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गत वर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर बिहीबारदेखि सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका–३ बिरुवामा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ गते पासा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।

रु एक करोड ४७ लाख चार हजार छ सय ४७ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । दुईतले भवन एक सय ९५ दशमलव ८५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारीलगायतका वस्तु राखिनेछ ।

अधिकारीले भन्नुभयो, “कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, त्यसका कारण कृषकले उचित मूल्य पाउनेछन्, अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिकटन रहेको छ ।”

चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रतिकिलो रु १० शुल्क कायम गरिएको छ । गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत अनुदान दिइनेछ । उहाँले भन्नुभयो, “चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले भण्डारणका लागि शुल्क निर्धारण गरेको छ, चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका कृषकलाई प्रतिकिलो रु पाँचमात्रै शुल्क लाग्नेछ ।”

घिमिरेले कृषकलाई वडाका टोल विकास संस्थामार्फत एकमुष्ठ आलु सङ्कलन गरी चिस्यान केन्द्रमा भण्डारण गर्न सूचीत गरिएको जानकारी दिनुभयो । आलु सङ्कलन गर्दा प्रत्येक बोरा ५० किलोको हुनुपर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।

घिमिरेका अनुसार बोरामा सङ्कलन गरिएका आलु कम्तीमा खनेको १५ दिनपछिको र बोक्रा बाक्लो भएको हुनुपर्नेछ । त्यस्तै टोलविकास संस्थामार्फत आउँदा किसानले आफूले चिन्ने गरी बोरामा सङ्केत नाम राख्नुपर्नेछ ।

म्याग्देले समृद्ध गाउँपालिका निर्माणका लागि कृषिलाई प्राथमिकतामा राखेको छ । कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्दा समस्या हुँदै आएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “यो समस्या समाधानका लागि चिस्यान केन्द्र अतिआवश्यक थियो, यसले गर्दा कृषकले उचित मूल्य पाउनेछन्”, श्रेष्ठले भन्नुभयो ।

उत्पादित वस्तु समयमा बेच्न नसक्ने हुँदा सड्ने र वस्तु घाटामा बेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकाले गर्दा चिस्यान केन्द्रमार्फत वस्तुको भण्डारण गरिने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको बजारीकरणमा सहयोग गर्ने गरी पालिका अगाडि बढेको छ, चिस्यान केन्द्र सञ्चालनपछि कृषक आफँैले उत्पादित वस्तुको भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।”

म्याग्दे गाउँपालिकाका कृषक केही वर्षयता सामूहिक आलुखेतीतर्फ आकर्षित छन् । विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरिरहेका छन् ।

यसअघि केही कृषकले निर्वाहमुखीरुपमा मात्र आलुखेती गर्ने गरेकामा गाउँपालिकाले व्यावसायिक आलुखेती गर्न प्रोत्साहन गरेपछि कृषक सामूहिकरुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् ।

विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीरुपले मात्र आलुखेती गर्दै आएकामा गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर आलुखेती गरिएको कृषक लक्ष्मी भण्डारीले बताउनुभयो । चिस्यान केन्द्रको अभावमा विगतमा आलु कुहिएर जाने समस्या रहेको जनाउँदै उहाँले अब चिस्यान केन्द्र सञ्चालनमा आएपछि सहज हुने बताउनुभयो । गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयरे, छाङपाटन, पीपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । रासस