• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

रोहितलाई आउट गरेपछि मुम्बईका फ्यानले चेन्नईका समर्थकको टाउको फुटाए, उपचारका क्रममा मृत्यु



एजेन्सी । आईपीएल २०२४ को उत्साह जारी छ । फ्यानहरु यसमा पागल छन् । तर यो कसैको लागि यतिसम्म घातक साबित हुनेछ भनेर कसैले सोचेको थिएन । आईपीएलका कारण चेन्नई सुपर किंग्सका एक फ्यानले ज्यान गुमाए ।

घटना महाराष्ट्रको कोल्हापुरको हो । यहाँ मुम्बई इन्डियन्सका फ्यानले सीएसकेका फ्यानको टाउको फुटाएका छन् । वृद्ध फ्यानको अवस्था यति गम्भीर बन्यो कि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उनको उपचारको क्रममा मृत्यु भयो ।

गत बुधबार आईपीएलको ८ औं खेल सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्स बीच खेलिएको थियो । यस खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै २७७ रन बनाएको थियो । जवाफमा मुम्बईको टोलीले २४६ रन मात्रै बनाउन सकेको थियो ।

यस इनिङ्समा रोहित शर्मा २६ रन बनाएर आउट भए । रोहितको आउट भएपछि बन्दोपन्त बाप्सो तिबिले (उमेर ६३ वर्ष)नामका व्यक्तिले मुम्बईका फ्यानहरूलाई जितको बारेमा प्रश्न गरे । यो देखेर उनी रिसाए र बृद्धको टाउकोमा लठ्ठीले प्रहार गरे । वृद्ध फ्यान गम्भीर घाइते भए ।

बन्दोपन्त कोल्हापुरका बासिन्दा थिए । आक्रमणकारीलाई कोल्हापुरको करवीर प्रहरीले पक्राउ गरेको छ । मुम्बईका फ्यान बलवंत महादेव ५० वर्षका भइसकेका छन् । अर्का फ्यान सागर सदाशिवको उमेर ३५ वर्ष रहेको बताइएको छ ।

दुवै जना अहिले प्रहरी हिरासतमा छन् । यसअघि पनि दुई टोलीका फ्यानबीच पटकपटक झडप भइसकेको छ । तर यो विषय निकै घातक साबित भयो ।

उक्त खेलमा हैदरावादले मुम्बईलाई ३१ रनले पराजित गर्यो । टोलीले आक्रामक ब्याटिङ गर्दै २७७ रन बनाएको थियो । जवाफमा हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईले २४६ रन मात्रै बनाउन सकेको थियो । रोहितले १२ बलमा २६ रन बनाएका थिए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।