• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

कांग्रेसको आरोप: प्रधानमन्त्री र आईजिपीले न्यायाधीश बनेर गृहमन्त्रीलाई क्लिन–चिट दिने प्रयास भयो



काठमाडौं। नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल र सुरक्षा निकायका प्रमुखले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई न्यायाधीश बनेर क्लिन चिट दिने काम गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो ‘अहिले अब गम्भीर प्रश्न कहाँ उठेको छ भने जसमाथि छानबिन भैरहेको थियो, जसमाथि यो मुद्दा निरुपण हुनुपर्ने थियो, राज्य निश्कर्षमा पुग्नुपर्ने थियो, उहाँ नै गृहमन्त्रीको जिम्मेवारी लिएर त्यो कुर्सी र ओहोदामा पुग्नुभएको छ । त्यतिमात्रै भएको छैन सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीजीले हामीले जवाफ खोज्दा न्यायाधीशजस्तो एकदमै हुकुमी प्रमाङ् दिने राजा महाराजाजस्तो एकदमै क्लिन चिट दिने प्रयास गर्नुभयो । सुरक्षा निकायका प्रमुख उहाँले समेत फासफुस ढंगले क्लिन चिट दिने प्रयास गर्नुभयो । हामीले उठाईरहेको मुद्दामा गम्भीर प्रश्नहरु जन्मिएको छ । हामी संसदीय समितिको माग गरिरहेका छौं । प्रमुख प्रतिपक्षी दलको नाताले यो विषय उठाईरहेका छौं ।’

संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।