६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला



अ+ अ-

काठमाडौँ । आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो ।

त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जलविद्युत्, भौतिक पूर्वाधार, होटललगायत सेवा क्षेत्रका पूर्वाधार, औषधिजन्य उद्योग, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । उहाँले ती क्षेत्रमा लगानी गर्दा प्रशस्त प्रतिफल प्राप्त हुने जानकारी दिँदै ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालसँग लगानीका माध्यमबाट दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बङ्गलादेश इच्छुक रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा नेपालसँग भएको सहकार्यबारे जानकारी दिँदै आफ्नो देशको बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्न आपसी साझेदारी अपरिहार्य रहेको बताउनुभयो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसरबारे जानकारी दिनुभएको थियो भने बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनका विविध पक्षलाई समेटेर तयार पारिएको सामग्री प्रस्तुत गर्दै नेपाल आकर्षक गन्तव्यका रुपमा विकसित भएको बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले बङ्गलादेशी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आह्वान गर्नुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

गोष्ठीमा बङ्गलादेशका सांसद, उच्च पदस्थ सरकारी अधिकारी, विद्वत् संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका प्रभावशाली व्यक्ति तथा सञ्चारकर्मीसहित ८० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस