२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४८.७४ अंकले उकालो, लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४८.७४ अंकले उकालो, लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण
अ अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४८.७४ अंकले वृद्धि भएर २ हजार ५२४ विन्दुमा पुगेको छ । यस दिन नेप्सेमा रू.१० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ बराबरको शेयर खरीदविक्री भएपछि किर्तीमानी उचाई कायम गरेको हो । 

आइतबारको कारोबार दिनमा २०२ ओटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर ८७ हजार ६७० पटकमा शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक ७.७६ प्रतिशतले वृद्धि भएको हो । लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नेप्से परिसूचक पनि बढेको हो ।

बैकिङ समूहको परिसूचक ०.२२ प्रतिशत, विकास बैंक समूहको परिसूचक ०.०१ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.३१ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी अर्थात् ६.२७ प्रतिशत घटेको छ । उक्त कम्पनीको शेयर मूल्य आइतबार घटेर प्रतिकित्ता रू.२९९ कायम भएको छ ।

आइतबार लघुवित्त कम्पनीहरुको शेयर मूल्य वृद्धि भएको छ । आठवटा कम्पनीहरुको १० प्रतिशतका दरले वृद्धि भएको छ । गणपति लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, सारथि नेपाल लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,निर्धन लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र मञ्जुश्री फाइनान्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतका दरले वृद्धि भएको छ ।

त्यसैगरी सर्वाधिक कारोबार भने हिमालयन डिष्टीलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू. ५३ करोड १७ लाख ४९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।