• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते ★   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता ★   धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ ★   टी–२० विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा, आईपीएल खेल्ने ८ खेलाडीले पाए मौका

‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, सही उपचार र हौसला आवश्यक छ’ : अम्बिका श्रेष्ठ



काठमाडौं । नेशनल हस्पिटल एण्ड क्यान्सरसेन्टरको छैठौं सम्मेलनतथा अमेरिकी सोसाइटी अफक्लिनिकल अंकोलोजी (एस्को) को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्स राजधानीमा सम्पन्न भयो ।

दुई दिनसम्म आयोजना भएको सो सम्मेलनमा नेपाललगायत अमेरिका, भारत, पाकिस्तान र श्रीलंकाका छाती (फोक्सो) तथा टाउको र घाँटीको क्यान्सर विशेषज्ञ, सर्जनका साथै क्यान्सरका विरामीको उपचारसँग सम्वन्धित रेडिएशन, प्याथोलोजी, नर्सिङ्ग, सामाजिक र मनोपरामर्शदातालगायतको सहभागिता थियो ।

पछिल्लो समयमा छाती (फोक्सो) तथा टाउको र घाँटीको क्यान्सरको निदान र उपचारमा प्रयोग गरिएका औषधि र उपचार विधिबारे अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन आयोजक समितिका अध्यक्ष एवम् वरिष्ठ छाती तथा क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाले बताए ।

क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेल र अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) को संयुक्त आयोजनामा भएको सम्मेलनको नेपालकै जेष्ठ होटल व्यवसायी, द्वारिकाज होटल एण्ड रिसोर्टकी अध्यक्ष ९३ वर्षीया अम्बिका श्रेष्ठले उद्घाटन गरीन् ।

सम्मेलनमा नेपालीको बढ्दो जीवनस्तर र परिवर्तित जीवन शैलीका कारण क्यान्सरका विरामी बढीरहेको उल्लेख गर्दै श्रेष्ठले विरामीलाई समयमै उपयुक्त उपचारको साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुबाट सहयोग र हौसला आवश्यक रहेको बताइन् ।
‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, क्यान्सरपछि पनि जीवन छ, तर यो कुरा उपचारमा संलग्न चिकित्सकले विरामीलाई हौसला दिएर उसले बुझ्ने गरि सम्झाउनुपर्छ’—उनले भनिन् ।

श्रेष्ठले आफुलाई पनि धेरै अघि क्यान्सर भएको तर समयमै उपचारपछि क्यान्सरलाई जित्न सफलभएको अनुभव सुनाईन् ।
कार्यक्रममा क्यान्सर केयर नेपालका महासचिव तथा सम्मेलन आयोजक समितिका महासचिव प्रा.श्यामकृष्ण जोशी, सचिव डा. रश्मी पुन, सम्मेलनको वैज्ञानिक समितिकी अध्यक्ष डा.सन्धया चापागाई र क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले सम्मेलनका आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए भने सम्मेलनमा सहभागी भएका एस्को अमेरिकाका डा. प्रकाशचन्द्र न्यौपाने र डा. सराह, पाकिस्तानका प्रा.डा. मोहम्मद इजाजम सुद, श्रीलंकाका डा. एन.जय कुमारनन, टाटा मेमोरियल अस्पताल भारतका उपनिर्देशक डा. पंकज चतुर्वेदीलगायत सम्मेलनले दक्षिण एशियामा क्यान्सरको निदान र उपचारमा सरलता र एकरुपता आउँदै गरेकोमा खुसी व्यक्त गरे ।