२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् बस्दै, कहाँ कहाँ हुँदैछ नियुक्ति सिफारिस ?



अ+ अ-

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो । अहिले संवैधानिक निकाय तथा आयोगमा गरी ७ जना पदाधिकारी रिक्त छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा रिक्त स्थानमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारी गरिएको छ । यसअघि आइतबार नै बैठक बोलाइ पनि सभामुख देवराज घिमिरे स्वीजरल्यान्ड भ्रमणमा गएकाले बैठक एक साता धकेलिएको हो ।

आजको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो ।
संवैधानिक परिषद्को बैठकका एजेन्डाका विषयमा हिजो साँझ प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैछन् ।