२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : पहाडि क्षेत्रबाहेक अन्यत्र सफा



अ+ अ-

काठमाडौं । आज देशका धेरैजसो स्थानको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडि क्षेत्रमा भने आंशिक बदली रहने छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडि भूभागमा आंशिक बदली हुने सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।