२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाविद् बुध्दिनारायणलाई दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार



अ+ अ-

काठमाडौँ: दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले यस बर्षको “दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार वरिष्ठ सीमाविद्  बुध्दिनारायण श्रेष्ठलाई अर्पण गरिने भएको छ ।

यही चैत्र १६ गते काठमाडौँमा बरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा बसेको स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

स्मृतिकेन्द्रले इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवा लगायतका विविध विषयहरूमा राष्ट्रियस्तरमा योगदान दिएका विद्वान् विदुषीलाई २०६३ साल देखी प्रत्येक वर्ष पुरस्कार समर्पण गर्दै आएको छ । यस वर्ष नेपालको सीमा र सुरक्षा जस्तो अति नै संबेदनशील विषयमा गहन अनि महत्त्वपूर्ण योगदान पुऱ्याउनु भएका प्रतिष्ठित विद्वान् बरिष्ठ सीमाविद् बुध्दिनारायण श्रेष्ठलाई ५०,०००( पचास हजार) राशीको उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

केन्द्रले यही चैत्र महिनाभित्र एउटा कार्यक्रम गरी सम्मान अर्पण गरिने केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी, साहित्यकार पुण्यरश्मि खतिवडा, डा. मोदनाथ प्रश्रित, विदुषी रमा शर्मा, प्राज्ञ विष्णु प्रभात लगायतका विद्वान् विदुषीहरूलाई पुरस्कृत गरिसकेको छ।

स्व. दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, संस्कृत, धर्मशास्त्र र समाजशास्त्र आदि विषयहरूका ज्ञाता हुनुहुन्थ्यो भने स्व. नन्द कुमारी उहाँकी धर्म पत्नी हुनुहुन्थ्यो।