• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा

तल्लो क्रम चल्न नसक्दा हार्यो नेपाल



काठमाडौँ । तल्लो क्रमका ब्याटरको साथ पाउन नसक्दा नेपाल ‘ए’ ले शनिवार आयरल्याण्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेट पनि गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो खेलमा पनि ४० रनको हार व्यहोरेपछि नेपाल ‘ए’ ले एक खेल अगावै पाहुना टोलीसँगको श्रृंखला गुमाएको हो । तीन खेलको श्रृंखलामा नेपाल ‘ए’ २–० ले पछि परेको हो । पहिलो खेलमा पनि तल्लो क्रमका ब्याटरले साथ नदिँदा नेपालले २१ रनको हार व्यहोर्नुपरेको थियो । नेपालले लगातार दोस्रो दिन विशाल लक्ष्य सामना ग¥यो । उत्कृष्ट शुरुवातका बाबजुद लक्ष्य भेट्टाउन भने सकेन । आयरल्याण्ड ‘ए’ ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमै १८४ रनमा समेटियो ।

नेपालले ७.३ ओभरमा नै सय रन जोड्दै बलियो शुरुवात ग¥यो । तर सो लय जारी राख्न भने सकेन । ओपनर देव खनालको ४७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनले २५ बलमा सात चौका प्रहार गरे । पहिलो विकेटका लागि देव र लोकेश बमले ४७ रनको साझेदारी गरे । अघिल्लो खेलमा शतक बनाएका लोकश २५ रनमा आउट हुन पुगे । बसिर अहमदले २७ रन, कप्तान विनोद भण्डारीले २६ रन, कमलसिंह ऐरीले ११ र पवन सराफले १० रन जोडे पनि पर्याप्त भएन ।

आयरल्याण्ड ‘ए’ को बलिङमा बेन ह्वाइटले तीन, फिओन हान्ड र थोमस मायसले समान दुई विकेट लिए । म्याथ्यु फोस्टर र गारेथ डोलानीले समान एक विकेट लिँदै नेपालको जित रोके । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रनको योगफल बनायो । कप्तान निल रकले नटआउट ७१ रन र पिटर मोरले ६५ रन जोडेपछि आयरल्याण्ड ‘ए’ ले चुनौतीपूर्ण लक्ष्य बनायो । निलले ३४ बलमा सात छक्का र एक चौका हिर्काए ।

पिटर मोरले २६ बलमा सात छक्का र तीन चौका हिर्काए । नीलले सातौं विकेटका लागि हान्डसँग ६७ रन र पाँचौं विकेटका लागि मोरसँग ६१ रनको साझेदारी गरे । जेम्स म्याकोलुमले २६, रोस अदैरले १७ र गेराथ डेलानीले १० रन जोड्दा हान्ड १९ रनमा नटआउट रहे । नेपालको बलिङमा सागर ढकालले तीन विकेट लिँदा कमलसिंह ऐरी र पवन सर्राफले समान एक विकेट निकाले । नेपालले सोमवार तेस्रो तथा अन्तिम खेल खेल्नेछ ।