२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डका पूर्व कप्तानको दाबीः आरसीबीले यो वर्ष पनि आईपीएलको उपाधि जित्न सक्दैन



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ अन्तर्गत शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरले एकतर्फी खेलमा केकेआरसँग ७ विकेटले हार बेहोरेको थियो । आरसीबीले कोलकाता नाइट राइडर्सलाई दिएको १८३ रनको लक्ष्य रक्षा गर्न सकेनन् ।

केकेआरका ब्याट्सम्यानले १६ दशमलव ५ ओभरमा लक्ष्य पूरा गरे । पूर्व इंग्लिस कप्तान माइकल भनले आरसीबीको हारमा ठूलो बयान दिएका छन् ।

आरसीबीको हारमा भनले के भने ?
केकेआरविरुद्ध आरसीबीको हारपछि माइकल भनले ट्वीट गरे, ‘यस बलिङ आक्रमणबाट आरसीबीलाई आईपीएल ट्रफी जित्न असम्भव छ । चिन्नास्वामीको मैदानमा कोलकाताका ब्याट्सम्यानले आरसीबीका बलरलाई चुटाई गरे ।’

फिल साल्ट र सुनिल नारायणले पहिलो विकेटका लागि ६.३ ओभरमा ८६ रन जोडे । साल्टले ३० रन बनाए भने नारायणले २२ बलमा ४७ रन बनाए । सोही क्रममा भेंकटेश अय्यरले ३० बलमा ५० रनको बलियो इनिङ खेले । कप्तान श्रेयस अय्यरको ब्याटबाट पनि रन आयो र उनले २४ बलमा ३९ रन बनाए ।

आरसीबीका बलरहरूले केकेआरविरुद्ध धेरै रन दिए । मोहम्मद सिराजले आफ्नो चार ओभरको कोटा पनि पूरा गर्न सकेनन् र उनले ३ ओभरमा ४६ रन खर्चे । यश दयालले ४ ओभरमा ४६ रन दिए भने अल्जारी जोसेफले २ ओभरमा ३४ रन दिए ।

आरसीबीका तर्फबाट विराट कोहलीले सानदार पारी खेले । कोहलीले ५९ बलमा ८३ रनको विस्फोटक इनिङ खेले । यो इनिङ्समा विराटले ४ चौका र ४ छक्का प्रहार गरे । आरसीबीका लागि कोहलीका अलावा क्यामरन ग्रीनले २१ बलमा ३३ रन बनाए भने दिनेश कार्तिकले अन्तिम ओभरमा ८ बलमा २० रन बनाए ।