२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

इंग्ल्याण्डका पूर्व कप्तानको दाबीः आरसीबीले यो वर्ष पनि आईपीएलको उपाधि जित्न सक्दैन

इंग्ल्याण्डका पूर्व कप्तानको दाबीः आरसीबीले यो वर्ष पनि आईपीएलको उपाधि जित्न सक्दैन
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ अन्तर्गत शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरले एकतर्फी खेलमा केकेआरसँग ७ विकेटले हार बेहोरेको थियो । आरसीबीले कोलकाता नाइट राइडर्सलाई दिएको १८३ रनको लक्ष्य रक्षा गर्न सकेनन् ।

केकेआरका ब्याट्सम्यानले १६ दशमलव ५ ओभरमा लक्ष्य पूरा गरे । पूर्व इंग्लिस कप्तान माइकल भनले आरसीबीको हारमा ठूलो बयान दिएका छन् ।

आरसीबीको हारमा भनले के भने ?
केकेआरविरुद्ध आरसीबीको हारपछि माइकल भनले ट्वीट गरे, ‘यस बलिङ आक्रमणबाट आरसीबीलाई आईपीएल ट्रफी जित्न असम्भव छ । चिन्नास्वामीको मैदानमा कोलकाताका ब्याट्सम्यानले आरसीबीका बलरलाई चुटाई गरे ।’

फिल साल्ट र सुनिल नारायणले पहिलो विकेटका लागि ६.३ ओभरमा ८६ रन जोडे । साल्टले ३० रन बनाए भने नारायणले २२ बलमा ४७ रन बनाए । सोही क्रममा भेंकटेश अय्यरले ३० बलमा ५० रनको बलियो इनिङ खेले । कप्तान श्रेयस अय्यरको ब्याटबाट पनि रन आयो र उनले २४ बलमा ३९ रन बनाए ।

आरसीबीका बलरहरूले केकेआरविरुद्ध धेरै रन दिए । मोहम्मद सिराजले आफ्नो चार ओभरको कोटा पनि पूरा गर्न सकेनन् र उनले ३ ओभरमा ४६ रन खर्चे । यश दयालले ४ ओभरमा ४६ रन दिए भने अल्जारी जोसेफले २ ओभरमा ३४ रन दिए ।

आरसीबीका तर्फबाट विराट कोहलीले सानदार पारी खेले । कोहलीले ५९ बलमा ८३ रनको विस्फोटक इनिङ खेले । यो इनिङ्समा विराटले ४ चौका र ४ छक्का प्रहार गरे । आरसीबीका लागि कोहलीका अलावा क्यामरन ग्रीनले २१ बलमा ३३ रन बनाए भने दिनेश कार्तिकले अन्तिम ओभरमा ८ बलमा २० रन बनाए ।