५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली र गम्भीरको दुश्मनी सकियो ?



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली र कोलकाता नाइट राइडर्सका प्रशिक्षक गौतम गम्भीरबीचको पछिल्लो सिजनको विवाद सकिएको देखिन्छ ।

एम चिन्नास्वामी स्टेडियममा आरसीबी र केकेआर बीचको खेलमा उनीहरूले एकअर्कासँग हात मिलाएका थिए । पहिलो इनिङ्सको रणनीतिक टाइमआउटमा गम्भीर र कोहलीले न्यानो अंगालो समेत मारे ।

आईपीएल २०२३ मा लखनउ विरुद्ध बैंगलोरको लिग चरणको खेलमा मैदानमै कोहली र गम्भीरबीच झडप भएको थियो । कोहली र गंभीरबीच क्रिकेट मैदानमा भिडन्त भएको २०२३ को घटना पहिलो पटक थिएन । २०१३ मा, जब गंभीर कोलकाताको कप्तान थिए र कोहली बैंगलोरको नेतृत्व गर्दै थिए, दुबैबीच चर्को बहस भयो ।

रणनीतिक टाइमआउटमा दुवैले हात मिलाए
टस हारेर पहिले ब्याटिङ गर्न आएको आरसीबीले १८२ रन जोडेको थियो । आरसीबीको इनिङ्समा गम्भीर र कोहलीले हात मिलाएर एकअर्कालाई अँगालो हालेका थिए । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फ्यानले धेरै रमाइलो कमेन्ट पनि गरेका छन् । योसँगै कोहलीले आफ्नो ५२औँ आईपीएल अर्धशतक पनि बनाए । उनी ८३ रन बनाएर अविजित रहे ।

केकेआरले आरसीबीलाई ७ विकेटले पराजित गर्यो । कोलकाताको यो लगातार दोस्रो जित हो भने बैंगलोरले दोस्रो खेलमा हार बेहोरेको छ ।कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाएर १८३ रनको लक्ष्य पुरा गरेको थियो ।