३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जना सवार ट्याक्सी त्रिशूलीमा खस्यो, उद्धार जारी



अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट एउटा ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खसेको हो । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । ट्याक्सीमा पाँच जना रहेको बताइएको छ । दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार भइरहेको छ ।

दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीय रहेको बताइए पनि सम्पूर्ण विवरण खुलेको छैन ।
तस्बिर : इच्छाकामना न्यूज