• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक ★   केपी ओली कप फाईनल: मधेशले आर्मीलाई दियो १ सय ३६ रनको मध्यम लक्ष्य ★   रहेनन् पूर्वखेलाडी तथा प्रशिक्षक थापा ★   सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता: ओली ★   अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी ★   नेपाल सुपर लिगमा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा ★   निर्वाचन आयोगबाट राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक ★   राहुल द्रविडले मुख्य प्रशिक्षकको सम्झौताबारे भने – मैले अहिलेसम्म हस्ताक्षर गरेको छैन ★   सिनेमाघर एपमा रिलिज भयो खगेन्द्रको चलचित्र ‘पानीफोटो’ विश्वभरबाट हेर्न सकिने ★   रणवीर कपुरको ‘एनिमल’को सिक्वेल बन्ने !

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स



काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । 

श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो ।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिनुभयो । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० ९७० सिटे० दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ । थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिनुभयो ।