५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स



अ+ अ-

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । 

श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो ।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिनुभयो । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० ९७० सिटे० दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ । थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिनुभयो ।