• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर ★   सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका ★   आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद ★   कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी ★   शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल ★   सञ्जु सामसन विवादमा परेपछि बीसीसीआईले भारी जरिवाना लगायो ★   सांसद नेम्वाङद्वारा शपथ ★   आगामी बजेट नयाँ ढङ्गबाट आउँछ: प्रधानमन्त्री दाहाल ★   आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ



symbolic picture

काठमाडौँ । बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलबाट हिजो बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका निज बङ्गलाले बङ्गलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाई बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाइराखेको पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका बङ्गलालाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।” रासस