• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी

झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ



झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु प्रश्न सोध्नेबाट जवाफ दिने ठाउँमा पुगेकोले आफुलाई नाजवाफ नबनाउने हिसाबले काम गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनु भएको छ ।

इलाम २ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदबार घोषणा कार्यक्रममा जाने क्रममा झापा पुग्नुभएका गृहमन्त्री लामिछानेले सुरक्षा अधिकारील गर्ने काम नै आफ्नो जबाफको आधारमा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो -अब तपाईंहरुले गर्ने काम नै मेरो जवाफको आधार हो। मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिनेरु तपाईंहरुको हातमा छ। त्यही अनुसार काम गर्नुस्।

सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिदै उहाँले भन्नुभयो ‘आम नागरिकलाई सेवा दिनु नै तपाईंरहाम्रो जिम्मेवारी हो। राजनीतिक रूपमा सरकार आउँछन्रजान्छन्। स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिमकता दिनुपर्छ।’

उहाँले कानूनले दिएको जिम्मेवारी पूरा निर्देश गर्दे कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए आफुलाई भन्न सुझाब दिनु भयो ।

उहाँले भन्नुभयो ‘नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिनुहोस्। गुनासो लिएर तपाईं भन्दा माथि कोही जानू नपरोस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ। कामका लागि निर्देशन कुर्ने होइन। आइडिया लगाएर काम गर्नु पर्छ।’

उहाँले पीडितभन्दा पीडक पहिला प्रशासनरप्रहरीमा आउने, उनीहरुसँगै प्रशासन र प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्ने बताउनु भयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गर्नुभएको थियो।