• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

जसपाका केन्द्रीय अध्यक्ष ठाकुर दिल्लीमा



महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर दिल्ली पुगेका छन् । अध्यक्ष ठाकुर मुटुको नियमित चेकजाँचका लागि  मेदान्त अस्पतालमा दिल्ली गएका हुन्। प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई चासोपूर्वक हेरिएको छ।

कोरोनाका कारण दिल्ली जान नसकेका ठाकुर सोमबार स्थलमार्गबाट दिल्ली गएका जसपाका नेता केशव झाले जानकारी दिए । ठाकुर ३/४ दिन अस्पतालमै रहनेछन्।

‘उहाँको मुटुको नियमित जाँच गराउनुपर्छ, कोरोनाले गर्दा बीचमा मेदान्त अस्पताल जान सकिएको थिएन, यही नर्भिकमा चेकजाँच भएको थियो’, झाले भने, ‘अहिले भने मेदान्तमै फलोअप गर्न जानुभएको हो।’