• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

‘छोडिदिनुस् प्लिज, बाँकी बहस नोटमा दिनुहोला’



काठमाडौं । सर्वोच्च अदालतमा सोमबार संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् । 

बहसमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन पटक-पटक आग्रह गरे ।

प्रधान न्यायाधीशले १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए। त्यसपछि पनि बहस गर्दै गर्दा प्रधान न्यायाधीशले रोक्दै भने, ‘छोडिदिनुस् प्लिज । बाँकी बहस नोटमा दिनुहोला । अर्को साथीलाई गाइड गर्नुहोला ।’

तर अधिवक्ता भट्टराईले बहस गरिरहँदा जबरा अझै रिसाएर भने, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’