२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ?

सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ?
अ अ+ अ-

एजेन्सी । सन् २०२४ को पहिलो सूर्यग्रहण अप्रिल ८ मा लाग्दैछ । यो पूर्ण सूर्यग्रहण अमेरिकाका ठूला क्षेत्रमा देखिनेछ । अब वैज्ञानिकहरुले यसको बारेमा अनौठो चेतावनी दिएका छन् । ग्रहणका कारण सडक दुर्घटना बढ्ने उनीहरुको भनाइ छ ।

सन् २०१७ मा पनि पूर्ण सूर्यग्रहण भएको थियो, जसलाई सन् २०१७ को ग्रेट अमेरिकन ग्रहण भनिन्छ । त्यतिबेला छोटो समयका लागि भए पनि सडक दुर्घटना बढेको थियो । वैज्ञानिकहरूले यसको अध्ययन गरेका छन्, जसलाई जामा इन्टरनल मेडिसिनमा प्रकाशित गरिएको छ ।

यस अध्ययनका सह–लेखक र टोरन्टो विश्वविद्यालयका मेडिसिनका प्राध्यापक डा. डोनाल्ड रिडेलमेयर भन्छन् कि पूर्ण सूर्यग्रहणको एक घण्टामा दिनको उज्यालोमा अचानक कमी र त्यसपछि अचानक अँध्यारो हुन्छ । यसको अघि र पछिको घण्टामा दुर्घटना हुने गरेको छ ।

डा. रिडेलमेयरले भने कि सामान्यतया सूर्यग्रहण लगत्तै केही घण्टामा दुर्घटनाका घटना बढी हुन्छन् । २०१७ मा, सूर्यको पूर्णताको पथ (पृथ्वीको भाग जहाँ अन्धकार छ) ११३ किमी चौडा थियो । यस बाटोको बीचमा बसोबास गर्ने मानिसहरूले लामो समयसम्म अन्धकारको सामना गर्नुपरेको थियो । अमेरिकामा करिब २ करोड मानिसले पथ अफ टोटालिटी हेरे ।

अप्रिल ८, २०२४ मा साढे दुई देखि साढे चार मिनेटको लागि पथ अफ टोटालिटी देख्न सकिन्छ । यो यसको स्थान मा निर्भर गर्दछ । यस सिमाबाहिरका मानिसहरूले पूर्ण सूर्यग्रहण देख्न पाउने छैनन् ।

ग्रहण लागेपछि किन बढ्छ दुर्घटना ?
डा. रिडेलमेयर र उनका सहकर्मी डा. जोन स्टेपल्सले सन् २०१७ को सूर्यग्रहण अघि र पछि भएका दुर्घटनाहरूको अध्ययन गरेका छन् । उनीहरूले सूर्यग्रहणको तीन दिन अघि र तीन दिनपछिको तथ्याङ्क जाँचे । दुर्घटना ३१ प्रतिशतले बढेको पाइएको छ । प्रकाशमा अचानक परिवर्तनले पनि दुर्घटना निम्त्याउँछ ।

सन् २०१७ मा सूर्यग्रहणपछि हरेक घण्टा १० दशमलव ३ जना खतरनाक सडक दुर्घटनामा परेका थिए भने सूर्यग्रहणअघि प्रत्येक घण्टा ७ दशमलव ९ जना दुर्घटनामा परेका थिए । यसको अर्थ सूर्यग्रहणपछि हरेक २५ मिनेटमा एउटा सडक दुर्घटना हुने गरेको छ ।

दुर्घटनाको प्रमुख घटना मध्ये एक हो ग्रहण हेर्न विभिन्न ठाउँमा मानिसको भीड । जसका कारण कतिपय ठाउँमा ट्राफिक जाम समेत भएको छ । यस पटक सुरक्षित स्थानमा उभिएर सूर्यग्रहण हेर्न सर्वसाधारणलाई अपिल गरिएको छ । साथै, कार नचलाउन, सिग्नलहरूमा ध्यान दिन र सिट बेल्ट लगाउन अनुरोध गरिएको छ ।