९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने



अ+ अ-

चीन । चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।

चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो । यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि सो दूतावासले जनाएको छ । चीनले विश्वका १० ओटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ । त्यसैगरी विश्वका करिब ३८ ओटा देशलाई कोभिड १९को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ । 

चीनले कोभिड १९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) कार्यक्रममा पनि सहभागिता जनाएको छ । यस सहायता कार्यक्रममार्फत् पनि चीनले करिब एक करोड डोज खोप सहायता दिने बताएको पनि समाचारमा जनाइएको छ ।