२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शौचालयमा मृत भेटिइन् डा प्रतिभा



अ+ अ-

काठमाडौं। छाउनीमा एक डाक्टर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । धादिङ जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया प्रतिभा धौबडेल शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी एक साताअघि बिदा मनाउन घर आएकी थिइन् । उनी झुण्डिएको अवस्थामा फेला परेपछि श्रीमानले तत्कालै अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरिएको थियो । उनका श्रीमान् पनि डाक्टर हुन्।

डा धौबडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार उनी डिप्रेसनको बिरामी रहेकी र औषधी सेवन गर्दै आएको प्रहरीले जनाएको छ।