१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव
file photo
अ अ+ अ-

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिले कारागार प्रशासनसहितको सहभागितामा गरेको अनुगमनबाट पनि यो जीर्ण भएकाले तत्काल जीर्णोद्धार थाल्नुपर्ने सुझाव दिएको छ ।

समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव तथा गोमा सापकोटा र समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागार अनुगमन गरेको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको प्रतिनिधिसभा सदस्य नगिना यादवले बताउनुभयो ।

“कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी/थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न कठिन रहेछ”, यादवले भन्नुभयो, “करिब डेढ फिट चौडा ठाउँमा ओल्टोकोल्टो फेर्न पनि नपाइने गरी कैदी बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त रुग्ण देखियो ।” जम्मा १३५ कैदी/थुनुवा राख्ने क्षताको कारागारमा आज ५८४ जना रहेका कारागार प्रशासनले नै जनाएको छ ।

कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनका कुनै सुविधा छैनन् । औषधोपचार पनि चाहिएको बेला पाउन नसकिएको कैदी/थुनुवाले बताएका यादवको भनाइ छ । सबैभन्दा गम्भीर कुरा त १६७ वर्ष पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइँ डरमर्दो देखिएको अर्का सदस्य गोमा लाभ सापकोटाले बताउनुभयो । विक्रम संवत् १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका भवनमा अझै कारागार सञ्चालन हुदै आएको हो ।

“जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन, कतै छतको प्लास्टर उप्किएर झर्दोछ”, प्रतिनिधिसभा सदस्य सापकोटा भन्नुहुन्छ, “जतिखेर पनि कैदी/थुनुवा त्रासमा रहेछन् ।” सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने पहिलो आवश्यकता देखिएको सापकोटा बताउनुहुन्छ । जीर्ण कारागार भवन यदाकदा टालटुलबाहेक राम्ररी मर्मतसम्भार नगरिएको कैदी थुनुवाको भनाइ छ ।

प्रत्येक वर्ष बर्खाकालमा पानी जम्ने र बर्खाको भेलले नगरको फोहर कारागारभित्र छिर्दा आफूहरुको बसाइँ अत्यन्त कष्टकर बन्ने गरेको कैदीबन्दीले बताएका छन् । हिउँदमा घाम नदेखिँदा सिमेन्टको चिसो, गर्मीमा उखरमाउलो ताप खेप्नु नियति नै बनेको कैदी थुनुवाको गुनासो छ । कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि लामो पालो पर्खन पर्दा सरसफाइको कमीले अधिकांश कैदी थुनुवामा चर्मरोग भएको छ । विभिन्न रोगले गाँजेका कैदी थुनुवा पनि सराबरी बस्दा चर्मरोगको सङ्क्रमण चाँडै फैलिएको हो । कारागारमा ससाना २४ कोठा, १५ वटा शौचालय, सातवटा चापाकल र छ धारा छन् । करिब ६०० सङ्ख्याका कैदी थुनुवाले दैनिक नित्यकृया पनि ठीक समयमा गर्न नपाएको गुनासो गरेका छन् ।

धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी बढेका कारागार प्रशासनले जनाएको छ । कूल कैदी थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउनुहुन्छ । जलेश्वरमा कारागारको छ बिघा ११ कट्ठा १७ धुर जग्गा भए पनि सो ठाउँमा नयाँ कारागार भवन निर्माण हुन सकेको छैन । आफ्नै जग्गामा आधुनिक सुविधा सम्पन्न खुला कारागारको अवधारणाअनुसारको प्रस्ताव गृह तथा अर्थ मन्त्रालयमा पुर्‍याइए पनि त्यसले गति नलिएको सूचना अधिकारी ठाकुरको भनाइ छ । रासस