१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे

नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ ।

अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढंगबाट सहभागिता जनाएको बताउनु भयो । उहाँले १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताउनु भयो । उहाँले सभामा १४२ भन्दा बढी देशका सांसदहरुको प्रतिनधित्व रहेको बताउनु भयो । उहाँले नेपालले सभामा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताउनु भयो ।

नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौति, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भएको बताउनु भयो । संसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्ने ? क्षेत्रीय तहका सम्भव भएका भेलाहरु नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१४८ औं अन्तरव्यवस्थापिका संघको सभा यसपालि स्विजरल्याण्डको जेनेभामा यसको आफ्नै केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ । त्यसमा नेपालको तर्फबाट हामीले प्रभावकारी ढंगबाट सहभागिता जनाएका छाँै । हामीले एउटा लामो समयदेखि त्यसको सदस्य राष्ट्र र सदस्य संसदको हिसावले भुमिका निर्वाह गर्दै आएका छाँै । यस वर्ष पनि त्यही ढंगबाट हामीले यसलाई सफलताको साथ सम्पन्न गरेका छौँ । १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भयो । १४२ भन्दा बढी देशका सांसदहरुको प्रतिनधित्व गरेर सभा सञ्चलन भयो । ५ दिन चलेको सभामा विभिन्न ग्रुपहरुमा छलफल भए । नेपालबाट पनि आफ्नो आफ्नो ठाउँमा सक्रियताका साथ भाग लिनुभयो । नेपालको तर्फबाट अहिले विश्वमा देखा परिरहेका अनेक प्रकारका भौगोलिक, क्षेत्रीय तनावहरु र अनेक ढंगबाट शान्तिमा देखापरेका अफ्ठ्यारा र विज्ञानमा भएका प्रगतिहरुले पार्ने असरहरु यि सबै कुराहरुमा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका कसरी प्रभवकारी बनाउने भन्ने विषयमा छलफल भए ।

आगामी दिनमा यसलाई प्रभावकारी ढंगबाट लैजाने कुरा भएको छ । नन एलाइमेण्ट मोमेण्टमा पनि हामीले भाग लियौँ । त्यसमा पनि अहिले देखापरेका चुनौति, खासगरी जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भयो । संसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्न सकिन्छ र क्षेत्रीय तहका सम्भव भएका भेलाहरु नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरियो ।’

सभामुख घिमिरेले अब संसदीय गतिविधिहरु तिब्र रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढीरहेको बताउनु भयो ।