• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

संसद विघटन मुद्दामा मंगलबार बहस नहुने



काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा भोली बहस नहुने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबरा इजलास नबस्ने भएकाले बहस रोकिएको हो ।

संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् । अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।