२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

चौथोपटक सिजरिङबाट प्रसूति, नेपालकै दुर्लभ घटना

चौथोपटक सिजरिङबाट प्रसूति, नेपालकै दुर्लभ घटना
अ अ+ अ-

काठमाडौं । निकै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । 
 
बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन् ।  
पहिलो र दोश्रो पटक प्रसुती गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रो पटक बच्चा जन्माउँदा पनि डा. शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् । 

सामान्यतः एकपटक शल्यक्रियामार्फत प्रशुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै प्रशुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ । 
‘मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुशी छु । दुई पटकसम्मको खेर गएको थियो ।’ उनले भनिन्, ’तेस्रो पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो । डा.नुतनको मिहिनेतले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’

चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा दुर्लभ घटना रहेको डा.नुतन शर्माको भनाइ छ । 

‘सामान्यतः नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आँकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउदँछौ ।’ डा. शर्माले भनिन्–‘तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने मान्यतालाई गलत सावित गर्दै हामीले सम्भव बनाएका छौ ।’ 

डा. शर्माका अनुसार दुईवटा बच्चा खेर गएपछि तीन वर्षअघि उनी बच्चा जन्माउने योजना लिएर नर्भिकमा आएकी थिइन् । उनको तेश्रो बच्चा सफलतापूर्वक जन्मियो । 

‘उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’डा. शर्माले भनिन्,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दा पनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’  अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शर्माले बताइन् ।