२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउन्छु : मन्त्री गुरुङ

यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउन्छु : मन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन संचालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैंत्री बनाउन लागिपर्ने बताउनु भएको हो । सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । 

त्यस अवसरमा मन्त्री गुरुङले अन्तराष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरुको संचालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गर्नु  भयो । उहाँले सामाजिक सेवाको भावना अनुसार विरामीहरुलाई निःशुुल्क सेवा दिन पनि सवारी चालकहरुको ध्यानाकर्षण गराउनुभयो । यता समाजका अध्यक्ष पूूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरित संचालनका आएका निजी कार, भ्यान, जीपको अनुुगमन गरी कार्वाही गर्न माग गर्नु भएको थियो । जवाफमा मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यातायात ऐन प्रतिकूल हुने गरी संचालनका आएका सवारी साधनहरुको व्यवस्थापनमा लागिपर्ने बताउनु भएको थियो । 

भेटमा समाजले समय सापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्न, चालक तथा चालक मजदुरुहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने लगायतका १४ बुुँदे मागसहितको ज्ञापन पत्र मन्त्री गुरुङलाई बुुझाएको थियो ।