१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी

महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामैत्री बजेट ल्याउनका लागि सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको बताउनुभएको छ ।

मन्त्री चौधरीले गृह, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयबीच आगामी आर्थिक वर्षको बजेट महिलामंत्री बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो ।

बिहीवार काठमाडौंमा आयोजित शिक्षा सम्मेलनमा बोल्दै उहाँले किशोरीमैत्री बजेटका लागि पनि मन्त्रालयले पहल गरिरहेको बताउनु भयो । महिलाहरुका लागि उद्यमी शिक्षा, साक्षरता शिक्षा, प्रौढ शिक्षा भनेजस्तै किशोरीहरुका लागि पनि लैंगिकमैत्री भनेर बजेट ल्याउन आफूले पहल गरिरहेको मन्त्री चौधरीको भनाई थियो । उहाँले स्थानीय तहमा पूर्वाधारको अभावमा किशोरीहरुको सेनिटरी प्याडसम्बन्धि कार्यक्रम प्रभावकारी ढंगले लागू हुन नसकेको पनि बताउनु भयो । उहाँले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्न आफूले फिनल्याण्ड सरकारसँग छलफल गरिरहेको समेत बताउनु भयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘महिला मन्त्रालयले किशोरी शिक्षाको लागि अथवा किशोरीहरुको सेनिटरी प्याडकोडको कुरा आयो । शिक्षा मन्त्रालयले यसको व्यवस्थापन गर्ने र महिला मन्त्रालयले पनि केही सरकारबाट र केही चाँही अन्तराष्ट्रिय संघ, संस्थाबाट मिलेर संयुक्त रुपमा यसलाई लागू गर्नैपर्छ भनेर सबै ७५३ वटा स्थानीय तहमा सर्कुलरहरु गरेको अवस्था छ । तर हाम्रो नेपालको विद्यालयहरुको अवस्था, विद्यालयमा भएको शौचालयको अवस्था, त्यहाँ भएको धारा अथवा पानीको अवस्थाले गर्दा किशोरीहरुको महिनावारी भएको अवस्थामा सुरक्षित छैन । मैले फिनल्याण्डको राजदुतलाई पनि भनेको छु । हामी ७५३ वटा पालिकामा जुन सर्कुलर जारी गरेका छौं । त्यो लागू हुन सकोस् भनेर भनेका छौँ । तर पनि हाम्रो पूर्वाधार विकास नभएका कारण कतिपय ठाउँमा त्यो सम्भावना देखिएको छैन ।’

‘महिलाहरुका लागि उद्यमी शिक्षा भनौँ, अथवा साक्षरता शिक्षा भनांै अथवा प्रौढ शिक्षा भन्ने कुरा आउँछ भने किशोरीहरुको लागि पनि लैंगिकमैत्री बजेट भनेर त्यस्तो राख्न लगाउने भनेर लगाउने आगामी बजेटमा पनि आज हामीसँग सहकार्य हुने मन्त्रालयहरु जस्तो गृह, स्वास्थ्य, शिक्षा, भौतिक र सहरी मन्त्रालयहरुको बीचको सहसचिव लेवलको कर्मचारीहरुलाई गत वर्षको बजेटका अध्ययनको र आउने बजेटलाई कसरी महिलामैत्री बनाउने भनेर अथवा किशोरीमैत्री, बालबालिकामैत्री बनाउने भनेर त्यो अध्ययनको लागि बजेटको अध्ययन गर्न लागिएको छ । त्यसकारण यो कुराको लागि सबै मन्त्रालयहरु पनि संवेदनशील भइदियो भने राम्रो हुन्छ ।’

मन्त्री चौधरीले अपांगता भएका व्यक्तिहरुलाई विशेष खालको सुविधा दिनुपर्छ भन्नेमा पनि सरकार दृढ रहेको बताउनु भयो ।