१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन
This image shows Birgunj Customs Office in Parsa district in March 2020. Photo courtesy: Rajan Prasad Ghimire.
अ अ+ अ-

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताउनुभयो । “विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।”

भन्सार कार्यालयले सरदर दैनिक रु ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो । यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्यअभिवृद्धि कर, अन्त:शुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलासिता शुल्क उठाउँदै आएको छ । भन्सार विभागले चालु आवमा कार्यालयलाई रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार साउनमा रु ११ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । भदौमा रु १२ अर्ब ७१ करोड, असोजमा रु १४ अर्ब २७ करोड, कात्तिकमा रु १० अर्ब ३२ करोड, मङ्सिरमा रु १२ अर्ब ८२ करोड, पुसमा रु १२ अर्ब ७४ करोड, माघमा रु ११ अर्ब ८३ करोड तथा फागुनमा रु १३ अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ ।

आव २०७९/८० को आठ महिनाको अवधिमा रु एक खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक खर्ब एक अर्ब ५३ करोड ८० लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल नेपालका उद्योगधन्दा धरासायी अवस्थाबाट गुज्रिरहेकाले पनि पर्याप्त मात्रामा उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ आयात नहुँदा राजस्व घटेको हुन सक्ने बताउनुहुन्छ ।

“सरकारले उद्योगी व्यवसायीलाई प्रवद्र्धन गर्ने खालको नीति ल्याउन जरुरी छ”, उहाँले भन्नुभयो ।

प्रमुख भन्सार प्रशासक पन्थी भने चालु आवमा भन्सारको राजस्व घट्नुमा विविध कारण भएको बताउनुहुन्छ । “चालु आवमा इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ । आएका सवारीसाधन पनि अधिकांश विद्युतीय सवारीसाधन भएकाले राजस्वमा प्रत्यक्ष असर देखिएको हो”, उहाँले भन्नुभयो, “कच्चा खानेतेलको आयात ६२ प्रतिशतले गिरावट आएको छ । यसका साथै औद्योगिक क्षेत्रमा आवश्यक पर्ने कच्चापदार्थ र सुर्तीजन्य पदार्थको आयात घटेकाले राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखिएको हो ।”

कार्यालयले आव २०७८/७९ मा रु दुई खर्ब चार अर्ब राजस्व सङ्कलन गरेको थियो । आव २०७९/८० मा रु एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २१ हजार सङ्कलन गरेको थियो । यस्तै कार्यालयले चालु आर्थिक वर्षका आठ महिनाको अवधिमा भने रु ९९ अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ ।

राजस्व सङ्कलनमा वीरगञ्ज भन्सार कार्यालय मात्रै होइन, समग्रमा सङ्घीय सरकारले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकिरहेको छैन । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० चैत १४ गतेसम्मको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार राजस्व शीर्षकमा लक्ष्यको ४६ दशमलव ३५ प्रतिशत अर्थात् रु ६ रु खर्ब ५९ अर्ब ३४ करोड मात्रै सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमा रु १४ खर्ब २२ अर्ब ५४ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ । रासस